२०८३ आश्विन १७ गते , शनिबार

ओलीले झापा र बस्नेतले भक्तपुर प्रवेश गर्न प्रसाईसँग अनुमति लिनुपर्ने

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ७ गते , विहीबार
ओलीले झापा र बस्नेतले भक्तपुर प्रवेश गर्न प्रसाईसँग अनुमति लिनुपर्ने

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका छन् । बिहीबार काठमाण्डौमा हुने कार्यक्रममा भाग लिन आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने बताए ।

यस्तै ओलीको कम्युनिष्ट सिद्धान्त असफल भएको उनको जिकिर छ ।

‘ओलीको कम्युनिष्ट सिद्धान्त गएको छ । अब कसरी मुख देखाउनुहुन्छ ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ’, उनले चेतावनी दिए ।

यसैगरी युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति जनाए । ओली र बस्नेतलाई चेतावनी दिँदै मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए ।

‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् । हामीसँग पैसा नभए पनि  हामीसँग धेरै मानिस छन् । कि जेल जान्छु कि मर्छु भनेर काठमाण्डौ आएको हुँ’, उनले भने, ‘आन्दोलन सफल नभएसम्म रोकिँदैन ।’

गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईँसँग राज्य हल्लिएको उनले बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनले बताए ।

सम्बन्धित समाचार