२०८३ आश्विन १६ गते , शुक्रबार

चीनमा फैलियो श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ८ गते , शुक्रबार
चीनमा फैलियो श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग

बिर्तामोड । विश्व स्वास्थ्य संगठन -डब्लुएचओ_ले चीनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ । बालबालिकामा ‘निमोनियाका लक्षणसँग मिल्दो नयाँ रोग’  देखिएको चिनियाँ अधिकारीले बताएका छन् । 

समाचार संस्था रोयटर्सका अनुसार नेशनल हेल्थ कमिसन चिनका अधिकारीहरुले एक साताअघि नै श्वासप्रश्वासँग सम्बन्धित उक्त नयाँ रोगबारे जानकारी दिइसकेका छन्। ज्वरो, खोकी, फोक्सो सुनिने र सास लिन समस्या हुने जस्ता लक्षण देखिएका छन् ।

डब्ल्युएचओले एक विज्ञप्ति जारी गर्दै चीनमा फैलिएको नयाँ उक्त रोगले  महामारीको रुप लिन सक्ने सम्भावना र अन्य क्लिनिकल जानकारीका साथै प्रयोगशाला नतिजाहरू माग गरेको बताएको छ ।

महामारी रोग विज्ञ एरिक फेइङ–डिङले ‘पहिचान हुन नसकेको निमोनियाको महामारी’ भन्दै सामाजिक सञ्जाल एक्स -ट्विटर_मा भिडियो सहित जानकारी राखेका छन् ।

‘चीनमा ठूलो संख्यामा निमोनियाको महामारी फैलिरहेको छ । बेजिङ, लियनिङ लगायतका बाल अस्पताल बिरामी बालबालिकाले भरिभराउ छन् । बेजिङ बाल अस्पतालमा क्षमता भन्दा बढी बिरामीको चाप छ । धेरै स्कुल बन्द गरिएका छन्,’ उनले लेखेका छन् ।

यसको सुरुवात गत महिनाको सुरुमा भएको बताइएको छ ।

सम्बन्धित समाचार