२०८३ बैशाख ६ गते , आईतबार

कोशीमा ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १० गते , आईतबार
कोशीमा ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश

विराटनगर कोशीका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गरेका छन् आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा समेत रहेका मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक मार्फत चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका हुन्

यो अध्यादेशमा रहेको भन्दा ५० करोड बढी हो यसअघि तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका थिए अध्यादेशमा रहेका केही योजना कटौती गरी नयाँ योजना थप गरेका मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक मार्फत बजेटको आकार ५० करोड वृद्धि गरेका हुन्

संसदमा पेश भएको बजेट विधेयकमा चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार विनियोजन गरिएको पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ करोड स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरिएको

बजेटको स्रोतका रुपमा आन्तरिक राजस्व अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट अर्ब ८४ करोड ३२ लाख रुपैयाँ राखिएको

त्यस्तै समपूरक अनुदानबाट ७३ करोड विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट अर्ब २५ करोड लाख तथा वैदेशिक अनुदानबाट १५ करोड लाख ६० हजार खर्च व्यहोर्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन्

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालू आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए अध्यादेश प्रतिस्थापनका लागि संसदमा विधेयक पेश भएन

दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि तत्कालिन मुख्यमन्त्री कार्कीले २४ भदौमा दोस्रो पटक अध्यादेश मार्फत बजेट ल्याएका थिए २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले प्रतिस्थापन विधेयक पेश गरेका हुन्

सम्बन्धित समाचार