२०८३ बैशाख ६ गते , आईतबार

झापा लिगः पहिलो खेलमा मेचीनगर विजयी, दोस्रो खेलमा बिर्तामोड र बुद्धशान्तिले बाँडे अंक

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १२ गते , मंगलबार
झापा लिगः पहिलो खेलमा मेचीनगर विजयी, दोस्रो खेलमा बिर्तामोड र बुद्धशान्तिले बाँडे अंक

भद्रपुर झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रालि प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा मेचीनगर नगरपालिका विजयी भएको

आज भएको पहिलो खेलमा मेचीनगरले बाह्रदशी गाउँपालिकालाई हराएको हो जितसँगै मेचीनगरको अंक भएको समान दुई खेल खेलेको बाह्रदशीको अंक

मेचीनगरले बाह्रदशीलाई गोल अन्तरले हराएको हो भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलको २८ औँ मिनेटमा मेचीनगरका अरुण मेचेले गोल गरे त्यस्तै, खेलको ५८ औँ ६५ औँ मिनेटमा निरज कार्कीले गोल गरेर जित निश्चित बनाए

खेलको प्लेयर अफ दि म्याच मेचीनगरका निरज कार्की भए उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, समाजसेवी पवन श्रेष्ठले नगद दुई हजार ट्रफी प्रदान गरे

यसैबीच, आज भएको बिर्तामोड नगरपालिका बुद्धशान्ति गाउँपालिकाबीचको दोस्रो खेल बराबरीमा टुंगियो दुवै टिमबाट गोल हुन नसकेपछि अंक बाँड्न बाध्य भए

यसैबीच, आजको खेलसँगै समूह को लिग चरण सकिएको यो समूहबाट हल्दिबारी बाहिरिएको बुद्धशान्ति अंकका साथ समूह विजेता बनेको भने बिर्तामोड अंक जोड्दै उपविजेतामा सीमित रह्यो

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका पवन नेपाली दर्जी भए उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङंले नगद दुई हजार ट्रफी प्रदान गरे

सम्बन्धित समाचार