२०८३ बैशाख ६ गते , आईतबार

झापा लिग : बुद्धशान्ति र झापा गाउँपालिका सेमिफाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १९ गते , मंगलबार
झापा लिग : बुद्धशान्ति र झापा गाउँपालिका सेमिफाइनल प्रवेश

बिर्तामोड झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा बुद्धशान्ति झापा गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन्

आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बुद्धशान्तिका बबिन बोहोराको गोल मद्धतले शिवसताक्षीमाथि शानदार जित दर्ता गरेको हो खेलको अधिकांश समय बुद्धशान्तिले शिवसताक्षीलाई दबाबमा राखेको थियो

शिवसताक्षीलाई गोल अन्तरले हराउँदा जारी प्रतियोगितामा बुद्धशान्तिका बोहोराको व्यक्तिगत गोल भएको

खेलको ११ औँ, ४१ औँ, ६६ औँ ७९ औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए खेलको प्लेयर अफ दि म्याच भएका उनले नगद दुई हजार ट्रफी पाए

त्यस्तै, आजको दोस्रो क्वार्टर फाइनल खेलमा झापा गाउँपालिका विजयी भएको झापाले भद्रपुर नगरपालिकालाई गोल अन्तरले हराएको हो खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भए पनि खेलको ७१ औँ मिनेटमा झापा गाउँपालिकाका किरण उराउले गरेको गोल नै निर्णायक बन्यो

जितसँगै झापाले फाइनल प्रवेशका लागि बुद्धशान्तिको सामना गर्नेछ खेल मंसिर २२ गते हुनेछ

खेल तालिका अनुसार तेस्रो कवार्टर फाइनल खेल भोलि मंसिर २० गते अर्जुनधारा नगरपालिका बिर्तामोड नगरपालिकाबीच हुनेछ भने अन्तिम क्वार्टर फाइनल खेल मेचीनगर नगरपालिका गौरादह नगरपालिकाबीच हुने अध्यक्ष दिपेश ढकालले जानकारी दिए

सम्बन्धित समाचार