२०८३ बैशाख ६ गते , आईतबार

झापा लिग : अर्जुनधारा र बुद्धशान्ति फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २३ गते , शनिबार
झापा लिग : अर्जुनधारा र बुद्धशान्ति फाइनल प्रवेश

बिर्तामोड अर्जुनधारा बुद्धशान्ति झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको

शुक्रबार भएको अन्तिम दिनको सेमिफाइनल खेलमा विजयी हुँदै अर्जुनधारा नगरपालिका बुद्धशान्ति गाउँपालिका फाइनल खेलका लागि प्रवेश गरेका हुन्

शुक्राबार भएको बुद्धशान्ति झापा गाउँपालिकाबिच भएको खेलमा बुद्धशान्तिले झापालाई गोल अन्तरले पराजित गर्यो बुद्धशान्तिका लागि बबिन बोहोराले एकल गोल गरे यो सँगै जारी प्रतियोगितामा बबिन बोहोराको व्यक्तिगत १२ गोल भएको उनले तीन खेलमा चारचार गोल गरेका थिए

खेलको २९ औँ, ४३ औँ, ६४ औँ ७५ औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए बुद्धशान्तिले एक गोल उपहारस्वरुप पाएको थियो झापाका लागि ४० औँ मिनेटमा अनिश खड्काले सान्त्वना गोल फर्काएका थिए

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, समाजसेवी गंगाप्रसाद ओलीलगायतले नगद दुई हजार ट्रफी प्रदान गरे

त्यस्तै, आजको अन्तिम सेमिफाइनल खेलमा अर्जुनधारा नगरपालिकाले मेचीनगर नगरपालिकालाई गोल अन्तरले हराएको हो खेलको पहिलो हाफमा दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो

तर, दोस्रो हाफमा अर्जुनधाराले मेचीनगरलाई दबाबमा राखेको थियो खेलको सुरुवाती अग्रता मेचीनगरले लिए पनि नतिजा उल्टाउँदै अर्जुनधारा फाइनल प्रवेश गरेको हो

खेलको १६ औँ मिनेटमा मेचीनगरका रिक्की श्रेष्ठले गोल गरेका थिए तर, ३९ औँ मिनेटमा अर्जुनधाराका निखिल तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए

त्यस्तै, अर्जुनधाराका लागि खेलको ५२ औँ ७१ औँ मिनेटमा राजेश दाहालले गोल गर्दै जित निश्चित बनाए

खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका राजेश दाहाल भए उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, समाजसेवी गंगाप्रसाद ओलीलगायतले नगद दुई हजार ट्रफी प्रदान गरे

प्रतियोगिताको फाइनल खेल बुद्धशान्ति अर्जुनधाराबीच मंसिर २४ गते दिउँसो बजे हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए

सम्बन्धित समाचार