२०८३ बैशाख ६ गते , आईतबार

मेची प्रादेशिक अस्पताल आफै बिरामी

अस्पताल विकास समिति निकम्मा

sajilo news
राजु पाठक
२०८० मंसीर २७ गते , बुधबार
मेची प्रादेशिक अस्पताल आफै बिरामी

भद्रपुर सम्बद्ध निकायले दरबन्दी अनुसारका चिकित्सक व्यवस्थापनमा देखाएको उदासीनताका कारण यहाँस्थित मेची प्रादेशिक अस्पताल आफै बिरामी भएको पर्याप्त जनशक्ति नहुँदा अस्पतालले उपचारका लागि भर्ना भएका बिरामीलाई अपेक्षाकृत सेवा दिन सकिरहेको छैन जनशक्ति, उपकरण पूर्वाधार व्यवस्थापनमा देखिएको अभावले अस्पताल आफै बिरामी अवस्थामा पुगेको हो

स्थापनाको ४७ वर्ष बितिसक्दापनि तोकिएको दरबन्दी अनुसारका डाक्टर, ल्याब टेक्निसियन लगायतका कर्मचारी अस्पतालमा छैनन् जनसहभागिताको आधारमा २०३४ साल पूस १८ गतेदेखि सञ्चालन शुरु भएको मेची अञ्चल अस्पताल पूर्वी नेपालको पुरानो जनसहभागिताको नमूना सरकारी स्वास्थ्य प्रतिष्ठान हो इतिहास लामो भएपनि आजपर्यन्त यस अस्पतालमा जनशक्तिको अभाव छँदैछ स्थापनाकालमा ५० शैयाको यस अस्पतालमा सय जनाको दरबन्दी थियो अहिले अस्पतालमा सय ३४ शैया भएको तर, डाक्टर कर्मचारीको दरबन्दी २०३३ सालकै , त्यो पनि आजसम्म कहिल्यै पूर्ति भएको छैन जम्मा ४५ जना मात्र कार्यरत छन्

इतिहास लामो भएपनि अस्पतालमा सधैंनै प्राविधिक जनशक्तिको अभाव हुँदै आएको , मेची प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिंटेन्डेण्ट डा. रामबाबु खड्का भन्छन् – ‘जनशक्ति नहुँदा उपचार सेवामा निकै सकस

यस अस्पतालमा झापा सहित पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर इलामका बिरामी समेत आउँछन् वटा जिल्लाका ३०३२ लाख जनसंख्यासँग प्रत्यक्ष सरोकार राख्ने यो अस्पतालमा दैनिक आउने बिरामीको संख्या हाल सयको हाराहारीमा वर्षेनी जनसंख्या थपिंदै जाँदा उपचारका लागि आउने बिरामीको चाप पनि बढ्दै तर, सरकारले पहिले तोकेको दरबन्दी अनुसारको डाक्टर नै व्यवस्थापन गर्न सकेको छैन १८ जना विशेषज्ञ डाक्टरको दरबन्दीमा जना मात्रै उपलब्ध छन् आन्तरिक स्रोतबाट राखिएका केही डाक्टर छात्रवृत्ति कोटाबाट अध्ययनमा आएका विद्यार्थीबाट अस्पतालले काम चलाइरहेको

अस्पतालमा स्त्री तथा प्रसूति रोग, बाल रोग, नाक कान घाँटी, मानसिक रोग लगायतका विशेषज्ञको अभाव अस्पतालमा प्याथोलोजिस्ट एनोस्थेसिओलोजिस्ट पनि छैनन् जनशक्ति अभावका कारण प्रादेशिक अस्पताल रेफरल सेन्टरको रुपमा सीमित बन्न पुगेको

अस्पतालको बच्चा वार्ड बन्द गरिएको बालरोग विशेषज्ञ नभएका कारण सोको व्यवस्था नहुञ्जेल बच्चा वार्ड बन्द गरिएको अस्पताल प्रशासनले सूचना टाँसेको यहाँ असार गतेदेखि नै बाल रोग विशेषज्ञ छैनन् यहाँ कार्यरत बालरोग विशेषज्ञ दरबन्दी अनुसार ११आंै तहका प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन जना १०औं तहका कन्सल्टेन्ट पेडियाट्रिसियन जना गरी जनाको स्थायी दरबन्दी रहेको

प्रादेशिक अस्पतालमा बाल रोग विशेषज्ञको दरबन्दी पूर्तिका लागि धेरै पटक प्रदेश सरकार समक्ष पहल गरिसकेको बताउँदै निमित्त मेसु डा. रामबाबु खड्काले भनेबालरोग विशेषज्ञ बिना बच्चा वार्ड सञ्चालन गर्न सकिंदैन त्यसैले बाध्य भएर सेवा नै बन्द गर्नुपरेको प्रदेश सरकार स्वास्थ्य मन्त्रालयसँग एकजना बाल रोग विशेषज्ञ जना फिजिसियन करारमा नियुक्ति गर्न माग गरिएको उनले बताए

प्रादेशिक अस्पतालका रुपमा मेची अञ्चल अस्पताललाई लगिएपछि नै तुलनात्मक रुपमा समस्या बढ्दै गएको स्थानीय सचेत नागरिक बताउँछन् संघीय सरकारले नै वर्षौंदेखि यस अस्पतालको आवश्यकता मांगलाई सम्बोधन गर्न नसकिरहेको बेला यो अस्पतालको सञ्चालन जिम्मा प्रदेश सरकारलाई दिइएको थियो त्यसपछि शुरुवातमा अस्पताल सुधारका निम्ति केही ताहुरमाहुर गरिएको प्रदेश सरकारका सम्बन्धित मन्त्रीहरु केही संवेदनशील बनेको पाइए पनि क्रमशः जारी सेवामा पनि असर पुग्नेगरी समस्याको सुनुवाई प्रदेश सरकारबाट नभएको आम शिकायत रहँदै आएको

खासगरी, सरकारले राजनीतिक नियुक्त गर्ने अस्पताल विकास समितिका अध्यक्षको अकर्मण्यता एवम् गैरजिम्मेवारी पनि अस्पतालको सेवामा सुधार हुन नसक्नुको कारण बन्दै आएको संघीय संरचनापश्चात्जिल्ला समन्वय समिति नाम दिइएको राजनीतिक नियुक्ति गरिने संस्थामाअध्यक्ष बनेकाहरुलाई नै अस्पताल विकास समितिको पदेन अध्यक्ष पनि बनाइने गरिंदा अस्पताल सम्बन्धित ज्ञानविहीन काम गर्ने सोच पनि नभएका त्यस्ता पार्टीका नेता तथा कार्यकर्ताले सुधार गर्न ढंग नपुर्याएका हुन् अर्को अर्थमा तिनले अस्पतालमापनि जागिर पाएजस्तो मात्रै भइरहेको पछिल्ला विकास समितिहरुलगभग निकम्मा सावित हुँदै आएका छन्

विकास समितिको निकम्मापनको नमूना नवनिर्मित अस्पताल भवन पनि हो नयाँ भवन बनिनसक्दै चुहिने चर्किने भएको बारे जनस्तरमा व्यापक विरोध भइरहेकै अवस्थामा करीब महिना अघि अस्पताल विकास समिति लगायतले सो भवन बुझिलिएको थियो त्यसपछि फेरि पनि सुधार समिति लगायत सचेत नागरिकहरुको व्यापक दबाबका कारण सो भवन बनाउने ठेकेदार मर्मत गर्न बाध्य हुनु परेको थियो काम भयो पनि तर, अझै काम मापदण्ड अनुकूल सन्तोषजनक हुन सकेको छैन

त्यसमाथि प्रादेशिक अस्पताल सुधार समितिले लगभग डेढ वर्षदेखि यहाँ उपलब्ध भएकै स्वास्थ्य सेवालाई पनि सेवाग्राहीमैत्री बनाउन चिकित्सकहरु एवम् अन्य स्वास्थ्यकर्मीहरुले गर्ने काम चुस्तदुरुस्त गर्न निरन्तर दबाब दिंदै आएको सो समितिका अध्यक्ष दीपक तिम्सिना भन्छन्यस क्षेत्रका हामी युवाहरु सम्मिलित समितिले बारम्बार अस्पतालको सेवामा सुधारका लागि विभिन्न प्रयत्नहरु गर्यौं, केही सुधार भएजस्तो पनि भएथ्यो अहिले पनि हामी अस्पतालसुधार समिति, निरन्तर सुधारका निम्ति नियामक सरोकारवाला पक्षहरुसित आपसी छलफल गरिरहेकै छौं तर, सुनुवाई गर्नु पर्ने साधिकार व्यक्ति निकायअद्यापि गम्भीर भएको पाइएको छैन अब भने हामी अस्पताल सुधारका लागि अलि कडा दबाब दिनेगरी तयारी गर्दैछौं

सम्बन्धित समाचार