२०८३ बैशाख ६ गते , आईतबार

सदस्यको सारथी बन्दै हाम्रो नेपाल साकोस

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २७ गते , बुधबार
सदस्यको सारथी बन्दै हाम्रो नेपाल साकोस

बिर्तामोड झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था शेयर सदस्यहरुको विभिन्न सामाजिक संस्कार, उत्सव तथा अप्ठ्यारोमा सारथी बन्दै आएको साकोसद्वारा बुधबार आयोजित ११औँ बार्षिक साधारणसभा तथा अन्तिम माइन्युट प्रमाणीकरण कार्यक्रममा सार्वजनिक गरेको प्रतिवेदनमार्फत उक्त सेवा सुविधाबारे जानकारी गराएको हो

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले सहकारी मुनाफा कमाउन मात्र होइन सदस्यहरुको हरेक सुखदुखमा साथ दिनपनि तयार हुनु पर्ने बताए कार्यक्रममा अध्यक्षको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै उनले शेयर सदस्यको जन्मदेखि मृत्युसम्मको संस्कारमा सहकारीले सहयोग गर्ने गरेको जानकारी दिए साकोसले गत आवमा ३७८ जनालाई सुत्केरी सुविधामार्फत ३७८ जनालाई लाख ६६ हजार ३७० रुपैँया, १७३ जना नवजात शिशुलाई न्यानो कपडा सुविधा अन्तर्गत लाख ७१ हजार, ४२९ जना सुत्केरी सदस्यलाई न्यानो कपडाबापत लाख २८ हजार ४३२ रुपैँया, सदस्यको जन्मदिनमा हजार ३१२ जनालाई १६ लाख २६ हजार ५५० रुपैँयाको केक उपहार प्रदान गरेको जनाएको

त्यस्तै २१३ जना सदस्यको वैवाहिक बर्षगाँठमा उपहार स्वरुप लाख हजार सय, मृत्यु राहत सुविधा स्वरुप जना बाल बचतकर्तालाई १२ हजार पाँच सय रुपैँया, ४१७ जनालाई समवेदना १४९ जनालाई किरिया खर्च तथा मृत्यु राहत बापत १२ लाख ६८ हजार ४३५ रुपैँया २० जना कर्मचारीको शुभकार्य उपहार बापत लाख १७ हजार २२४ रुपैँया उपलब्ध गराइएको साकोसका अध्यक्ष दंगालले जानकारी दिए

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गत आवमा विभिन्न व्यक्ति तथा संस्थालाई लाख १७ हजार २२४ रुपैँया सहयोग प्रदान गरेको जनाएको भने सदस्य उपचार कोष अन्तर्गत ३२ जना सदस्यलाई लाख ६५ हजार ७९४ रुपैँया उपलब्ध गराएको जनाएको

गत आवमा साकोसले जना ऋणीहरुलाई ऋण सुरक्षण कोष अन्तर्गत लाख १६ हजार तीन सय रुपैँया ऋण मिनाहा गरेको उपाध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए

एघार बर्ष अघि शुरु भएको साकोसमा हाल २०९८६ महिलासहित ३५८८४ जना शेयर सदस्य रहेको १८ करोड लाख ४८ हजार सात सय रुपैँया शेयर पूँजी रहेको इलाम, झापा मोरंग कार्यक्षेत्र रहेको साकोसले २२ पालिकाको ३१ वटा सेवाकेन्द्र मार्फत गत आवमा अर्ब १४ करोड ११ लाख ६४ हजार ५९ रुपैँया बचत/निक्षेप संकलन गरेको जनाएको संस्थाको ७३ करोड २८ लाख ७५ हजार ९६ रुपैँया बाह्य ऋण रहेको लाख ९७ हजार ५४६ रुपैँया सञ्चालन मुनाफा गरेको जनाएको साकोसको गत आवको वासताल अर्ब १६ करोड ३९ लाख १९ हजार ५९५ रुपैँया बराबरको रहेको

सम्बन्धित समाचार