२०८३ आश्विन १७ गते , शनिबार

नेकपासँगको तीन बुँदे सहमति कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह

sajilo news
परिवेश मिडिया
२०८० पौष ३ गते , मंगलबार
नेकपासँगको तीन बुँदे सहमति कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह

काठमाण्डौ । समाजवादी मोर्चाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएको तीन बुँदे सम्झौता कार्यान्वय गर्न सरकारसँग आग्रह गरेको छ ।

जिल्ला अदालत काठमाडौंले १० मंसिरमा नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेता कार्यकर्ता विरुद्ध ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको थियो ।

अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोध गर्दैै समाजवादी मोर्चाले सोमबार विज्ञप्तिमार्फत नेकपासँग भएको तीन बुँदै सम्झौता कार्यान्वय गर्न आग्रह गरेको हो ।

‘केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी र प्रवक्ता कमरेड प्रकाण्ड सी लगायतका नेता विरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ’, मोर्चाका संयोजक माधव नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौं ।’

सम्बन्धित समाचार