२०८३ आश्विन १६ गते , शुक्रबार

धौलागिरी पारिजात सहकारीको संचालक समिति निर्विरोध चयन

sajilo news
परिवेश मिडिया
२०८० पौष ५ गते , विहीबार
धौलागिरी पारिजात सहकारीको संचालक समिति निर्विरोध चयन

बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्था लिको संचालक समिति निर्विरोध चयन भएको छ । पुष ३ गते भएको उम्मेदवारी मनोनयनबाट ११ सदस्यीय कार्य समितिको नामावली निर्विरोध चयन भएको हो ।

कार्यसमिति अध्यक्षमा वर्तमान सचिव किशोर भट्टराई चयन भएका छन् । उपाध्यक्षमा पार्वता श्रेष्ठ र सचिवमा डा. गौरीशंकर झा चयन भएका छन् । सदस्यहरु माधव प्रसाद आचार्य, खड्गबहादुर तामाङ, पुष्पराज भट्टराई, गंगादेवि गौतम, कमलादेवि सापकोटा, कमलमान सिंह चौहान, रेशबहादुर बस्नेत र भिम बहादुर पौडेल चयन भएका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा दुर्गानारायण चौधरी र सदस्यद्वयमा डम्बरप्रसाद ढुंगाना र सुनिता पोखरेल चयन भएका छन् ।

पाँचौँ कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिलाई आगामी पुष ६ गते हुने सोह्रौँ बार्षिक साधारण सभामा पद हस्तान्तरण गरिने अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार