२०८३ बैशाख ६ गते , आईतबार
कनकाईको साझा बहुउद्धेश्यीय सहकारीको सञ्चालक समिति चयन
दुर्गापुर । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्थित साझा बहुउद्धेश्यीय सहकारी संस्थाको नयाँ कार्य समिति चयन भएको छ । पुष ७ गते भएको निर्वाचन प्रक्रियाबाट टीका प्रसाद पाठकको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
पाठकले अध्यक्ष पदका अर्का उम्मेदवार इश्वरीप्रसाद सिवाकोटीलाई पराजित गरेका थिए । समितिको उपाध्यक्ष पदमा पूर्णप्रसाद बेडारी निर्वाचित भएका छन् । उनले भक्तबहादुर लिम्बूलाई पराजित गरे ।
त्यस्तै सचिव मनोजकुमार पोखरेल निर्वाचित भएका छन् । दुर्गा नेम्बाङ लेखा सुरपरिवेक्षण समिति संयोजकमा विजयी भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिए । चुडालका अनुसार सदस्यहरुमा तुलसी थपलिया, पदमकुमार निरौला, देविमाया राजवंशी, लता श्रृष्थ र सिता निरौला सापकोटा चयन भएका छन् ।