२०८३ आश्विन १७ गते , शनिबार

रेशम चौधरी बने नाउपाको अध्यक्ष

sajilo news
परिवेश मिडिया
२०८० पौष २८ गते , शनिबार
रेशम चौधरी बने नाउपाको अध्यक्ष

बिर्तामोड । रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेका छन् । पहिलो महाधिवेशनमार्फत चौधरी पार्टी अध्यक्ष बनेका हुन् ।

कैलालीको टिकापुरमा सम्पन्न महाधिवेशनमार्फत चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । अध्यक्ष चुनिएका चौधरीले अन्य पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिने बताए ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता चौधरी थिइन् । रेशमले आफू जेलमा रहँदा नै संरक्षक रहेर पार्टी गठन गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ । पार्टीको महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी भएको पार्टीले जनाएको छ ।

०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल हो ।

सम्बन्धित समाचार