२०८३ आश्विन १७ गते , शनिबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

sajilo news
परिवेश मिडिया
२०८० माघ २ गते , मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य

बिर्तामोड । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज विहानदेखि लागू हुने गरी मूल्य घटाइएको एक प्रेस विज्ञप्ति जारी गरी निगमले जानकारी दिएको हो ।

इण्डियन आयल निगमले जनवरी १५ अर्थात माघ १ गते पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएर पठाएकाले नेपालमा पनि समायोजन गरिएको जनाएको छ । पेट्रोलमा १ रुपैँया २६ पैसा र डिजेल तथा मट्टितेलमा ८३ पैसा घटाइएको निगमले जनाएको छ । 

खाना पकाउने एलपी ग्याँस तथा हवाई इन्धनको मूल्यमा भने केहि उल्लेख गरिएको छैन ।  

सम्बन्धित समाचार