२०८३ बैशाख ६ गते , आईतबार

मदिरा र चुरोटको विज्ञापनमा कलाकारले अभिनय गर्नु हुँदैन : अध्यक्ष केसी

sajilo news
परिवेश मिडिया
२०८० माघ १५ गते , सोमबार
मदिरा र चुरोटको विज्ञापनमा कलाकारले अभिनय गर्नु हुँदैन : अध्यक्ष केसी

काठमाण्डौ चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन्

सोमबार काठमाण्डौमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने कुनको नगर्ने भन्ने विषयमा सचेत हुनुपर्ने बताएका हुन्

अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानी गर्ने वस्तुको विज्ञापनमा कलाकारहरुले अभिनय गर्न नहुने पनि बताए कुनै मदिरा वा चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नु हुँदैन गलत म्यासेज फैलाउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन,’ उनले भने

कलाकारहरुले सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने पनि केसीले बताए विज्ञापनदाताले पनि कुन उत्पादनको विज्ञापन गराउने कुनको नगराउने भन्नेमा सतर्क हुनुपर्ने केसीको धारणा

उनले नेपालमा चल्ने कुनैपनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने पनि बताए

 

सम्बन्धित समाचार