मिलनसारका संचालकलाई क्षमता अभिवृद्धी तालिम
बिर्तामोड । झापाको बिर्तामोड-५ स्थित मिलनसार बचत तथा ऋण सहकारी संस्थाले संचालक समितिका सदस्यहरुलाई क्षमता अभिवृद्धी तालिम सम्पन्न गरेको छ ।
संचालक समिति फेरिएपछि तालिम दिनु पर्ने ब्यवस्था अनुसार साकोसले तालिम आयोजना गरेको हो । शुक्रबार साकोसको हलमा आयोजित एक दिने तालिममा प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इटहरीका अधिकृतद्वय मनोज कार्की र मोहनराज भट्टराईले सहजीकरण गरेका थिए ।
प्रदेश सहकारी नियमावली २०७६ का मुख्य ब्यवस्थाहरु, कोष सम्बन्धि ब्यवस्था, ऋण तथा बाँकी बक्यौता असुली लगायत बिषयमा प्रशिक्षण दिएका थिए ।
सहकारीमा बित्तीय अनुशासन कायम गर्न अत्यन्त जरुरी रहेको बताउँदै संचालकहरुले सहकारी ऐन तथा नियमावलीहरुमा भएको ब्यवस्था कार्यान्वयन गर्नु पर्नेमा सहजकर्ता भट्टराईले जोड दिए ।
साकोसका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षा उपसमितिका संयोजक प्रकाश पराजुलीले संचालन गरेका थिए । कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।