गोल्डेन नेपालको बिर्तामोड शाखा उद्घाटन
बिर्तामोड । गोल्डेन नेपाल मार्केटिङ प्रालिको बिर्तामोड शाखा शनिबार उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच कम्पनीले बिर्तामोडमा २२औँ शाखा उद्घाटन गरेको हो ।
प्रत्यक्ष बस्तु बिक्री ऐन अन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागमा दर्ता भएको गोल्डेन नेपालको बिर्तामोड शाखा कम्पनीका अध्यक्ष मिलन थापाले उद्घाटन गरेका हुन । तीन बर्ष अघि स्थापना भएको कम्पनीको प्रधान कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ ।

कार्यक्रममा कम्पनीका वेलनेस ट्रेनर राम शरण थापा मगरले कम्पनीका उत्पादन र त्यसको महत्वको बारेमा जानकारी गराएका थिए । स्वास्थ्य नै मानिसको धन भएको बताउँदै गोल्डेन नेपालले स्वास्थबद्र्धक उत्पादनमा जोड दिने बताए । त्यस्तै कम्पनीका सञ्चालक गोविन्दप्रसाद श्रेष्ठले स्वास्थ्य र समृद्धिलाई सँगसँगै लैजानु पर्नेमा जोड दिए । परम्परागत व्यवसायीक ट्रेण्ड परिवर्तन गरी उपभोक्ताले सोझै उत्पादकसँग वस्तु खरिद गरी लाभ लिन सकिने बताए । गोल्डेन नेपालले आफ्ना उपभोक्तालाई व्यवसायी बनाउने बताए ।
गोल्डेन नेपालले खाद्य पदार्थ, फुड सप्लिमेन्ट, कस्मेटिक आइटम आदिको उत्पादन तथा बिक्री गरिरहेको छ । कम्पनीको बिर्तामोड शोरुम बिर्तामोड भद्रपुर रोडस्थित इडन गार्डेन स्कुलको दक्षिणमा रहेको छ ।