२०८३ बैशाख ६ गते , आईतबार

वाणिज्य संघलाई छाता संस्थाको रुपमा महशुस गराउने गरी काम गर्छु : पौडेल

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २ गते , बुधबार
वाणिज्य संघलाई छाता संस्थाको रुपमा महशुस गराउने गरी काम गर्छु : पौडेल

झापाको बिर्तामोडमा बिगत दुई दशकदेखि व्यवसायीक तथा सामाजिक संघसंस्थामा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका कृष्ण पौडेल बिर्तामोड उद्योग वाणिज्य संघको चुनावी दौडमा छन् लामो समय व्यवसायीक क्षेत्रमा बटुलेको अनुभवलाई संस्थागत रुपमा कार्यान्वयनका लागि वाणिज्य संघको चुनावी दौडमा होमिएको उनी बताउँछन्

लामो समय व्यवसायीक क्षेत्रमा रहेर आफुले आर्जन गरेको ज्ञान, सीप अनुभवलाई उद्योग वाणिज्य संघको नेतृत्वमार्फत व्यवसायीहरुको हितमा प्रयोग गर्न आसन्न निर्वाचनमा महासचिव पदमा आफ्नो उम्मेदवारी रहेको पौडेल दरबिलो दाबी प्रस्तुत गर्छन्

व्यावसायिक हितमा निरन्तर उभिने मध्येका एक हुन् पौडेल बिर्तामोड उद्योग वाणिज्य सङ्घमा हाल वाणिज्य सचिव रहेका पौडेल आसन्न निर्वाचनमा महासचिवको एउटा दरिलो उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्

स्वतन्त्र व्यावसायिक प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका पौडेल व्यवसायिक क्षेत्रले नयाँ गन्तव्य तय गर्ने बेला आइसकेको बताउँछन् बढ्दो वित्तीय संकट त्यसको प्रत्यक्ष प्रभावका बीच व्यवसायीलाई कसरी राहत दिन सकिन्छ भन्ने विषयमा उनले निरन्तर वकालत गर्दै आएका छन्

सामाजिक संघसंस्थाको नेतृत्वमा दुई दशक बिताई सकेका पौडेलले औषधि व्यवसायी सङ्घ मेचीमा तीन कार्यकाल नेतृत्वदायी भूमिकामा काम गरिसकेका छन्

बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षका रूपमा उनले १६ वर्ष काम गरे लायन्स क्लब अफ अनारमनीका संस्थापक अध्यक्ष पौडेल सामाजिक संघसंस्थाको समेत अनुभव बटुलेर सङ्घको गरिमामय महासचिव पदमा आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन्

जिल्ला सहकारी सङ्घका सञ्चालक समेत रहेका उनी बिर्तामोड उद्योग वाणिज्य सङ्घको वर्तमान नेतृत्वले व्यावसायिक हितका क्षेत्रमा पर्याप्त काम गर्न नसकेको जिकिर गर्छन्

सहकारीमा लामो समय रहेर प्रत्यक्ष सेवाग्राहीसँग काम गरेका पौडेल स्पष्टवक्ता हुन् व्यवसायीका पीडा बुझ्न सक्ने व्यक्ति संघको नेतृत्वमा जानुपर्ने बताउँदै आएका पौडेल सङ्घभित्र अनेक बेथिति बढेको बताउँछन्

वित्तीय सङ्कटको यो बदलिँदो परिस्थितिमा सबै चुनौतीलाई सामना गरेर जानसक्ने दृढ अठोटका कारण आफूले महासचिवमा उम्मेदवारी दिएको पौडेलले सुनाए

व्यवसायीका नीतिगत समस्या बुझेर समाधानका लागि पहलकदमी लिन सक्ने सामथ्र्य मसँग , महासचिवका दावेदार पौडेलले सुनाए

व्यवसायीहरुले छाता संस्थाको रुपमा उद्योग वाणिज्य संघलाई महशुस गराउने कार्यमा आफ्नो भूमिका रहने पौडेल बताउँछन् वाणिज्य संघ व्यवसायीहरुको छाता संगठन भएपनि व्यवसायीहरुले महशुस गर्न सकेका छैनन्,’ उनले भने, ‘सबै व्यवसायीहरुको हितमा संघलाई साझा छाता संस्थाको रुपमा महशुस गराउने गरी काम गर्छु

व्यवसायीहरुको हितमा राम्रोसँग संघले काम गर्न नसकेको व्यवसायीहरुले राजनीतिक रंगका कारण उद्योग वाणिज्य संघलाई छाता संस्थाको रुपमा महशुस गर्न नपाएको पौडेलको बुझाई उद्योग वाणिज्य संघले राजनीतिक उपस्थितीबाट टाढा रहेर विशुद्ध व्यवसायीक हितमा काम गर्नु पर्ने उनको धारणा वाणिज्य संघ राजनीतिक दलदल भित्र फस्दा व्यवसायीहरुले आफ्नो हकहित स्थापित गराउन नसकेको बताउने पौडेलले आफुहरुको नेतृत्वले व्यवसायीहरुले राहत महशुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्छन  

सम्बन्धित समाचार