२०८३ बैशाख ६ गते , आईतबार

ऐन विपरित लेबल टाँसेर फिनेल बिक्री

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ३ गते , विहीबार
ऐन विपरित लेबल टाँसेर फिनेल बिक्री

बिर्तामोड ऐन बिपरित लेबल टाँसेर बजारमा फिनेल बिक्री भइरहेको पाइएको उपभोक्ता संरक्षण ऐनमा तोकिएको मापदण्ड विपरित लेबल राखेर केमिकलजन्य पदार्थ फिनेल बिक्री भएको पाइएको हो

रोयल केमिकल हाउसले उत्पादन गरेको फिनेलको लेबलमा ऐनले तोके बमोजिम उत्पादकको ठेगाना उद्योगको दर्ता नम्बरसमेत उल्लेख नगरी बिक्री भइरहेको पाइएको हो उपभोक्ता संरक्षण ऐन २०७५ को दफा को उपदफा २ (क) मा उत्पादकले आफुले उत्पादन गरेको वस्तुको लेबलमा उत्पादकको नाम, ठेगाना उद्योगको दर्ता नम्बर उल्लेख गर्नु पर्ने स्पष्ट व्यवस्था गरेको तर रोयल केमिकल हाउसले उत्पादन गरेको लाइफ लाइन फिनेलको लेबलमा उत्पादकको नाम बाहेक अरु केहि उल्लेख गरिएको छैन

सो ऐनको दफा ३८ (क) अनुसार ऐनमा व्यवस्था भए बमोजिम लेबलिङ नगरेमा कसुर गरेको ठहरिने उल्लेख भने दफा ४० (क) मा सो कसुर गरे वा गराएमा तीन महिनासम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै गर्न सकिने उल्लेख    

एक लिटर परिमाण उल्लेख गरिएको सो बोत्तलको लेबलमा आरपी डिस्ट्रीव्युटर ट्रेड सेन्टर विक्रेता रहेको उल्लेख गरिएको भने सतासी बहुमुखी सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको पसलसमेतबाट बिक्री भइरहेको   

 

सम्बन्धित समाचार