२०८३ आश्विन १७ गते , शनिबार

माओवादी केन्द्रले नाम र चुनाव चिन्ह तत्काल नबदल्ने

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ४ गते , शुक्रबार
माओवादी केन्द्रले नाम र चुनाव चिन्ह तत्काल नबदल्ने

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताएका छन् ।

विधान सम्मेलनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए । फागनु १–३ काठमाण्डौको कमलादीमा भएको विधान अधिवेशनको अन्तिम दिन बिहीबार जवाफ दिने क्रममा प्रचण्डले अहिले पार्टीको नाम र चिह्न नबदल्ने बताएका हुन् । आवश्यक परे यसबारे पछि निर्णय दिने उनले बताए ।

सम्बन्धित समाचार