२०८३ बैशाख ६ गते , आईतबार

झापा गोल्ड कपद्वारा ट्रफी तथा सहभागी टीम सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १० गते , विहीबार
झापा गोल्ड कपद्वारा ट्रफी तथा सहभागी टीम सार्वजनिक

बिर्तामोड अर्ना छैटौँ झापा गोल्ड कपले सञ्चालन गर्न लागेको अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको ट्रफी तथा सहभागी टिमहरु सार्वजनिक गरेको बुधबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित एक कार्यक्रमका बीच गोल्डकपले टीम तथा ट्रफी सार्वजनिक गरेको हो

झापा गोल्ड कपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको

झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ

छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताए

प्रतियोगितामा गत सिजनको सहिद स्मारक डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी संकटा एफसीले सहभागिता जनाउने छन्

यो संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन् सर्लाहीको बागमती युवा क्लब हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्ड खेल्ने पक्का भएको अध्यक्ष बस्नेतले बताए

सम्बन्धित समाचार