२०८३ बैशाख ५ गते , शनिबार

दादुरा–रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १५ गते , मंगलबार
दादुरा–रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण सम्पन्न

बिर्तामोड जिल्ला स्वास्थ्य कार्यालय झापाले दादुरारुबेला खोप अभियान २०८० सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको कार्यालयले मंगलबार बिर्तामोडमा जिल्ला स्तरीय सञ्चारकर्मीहरुको अभिमुखीकरण सम्पन्न गरेको हो

राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, अवस्था, चुनौतिदादुरारुबेला खोप अभियानको औचित्य, संचालन रणनीति, जिल्लाको तयारी अवस्था बारे जानकारी, अभियान सम्बन्धि समुदायसम्म प्रचार प्रसार गर्ने, दादुरारुबेला खोप अभियानवारे भ्रामक समाचार खण्डन गर्ने गराउने बिषयमा जानकारी एवम छलफल गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश बाह्रकोटीले जानकारी दिए

सन् २०२६ सम्ममा दादुरारुबेला निवारण गर्ने सरकारको प्रतिबद्धता पूरा गर्न तीब्रताका साथ अभियान सञ्चालन गरिएको जानकारी दिइयो अभियानमा नियमित खोप छुटेका बालबालिकाहरुलाई समेत खोप दिइने बताइएको फागुन १७ देखि चैत्र गतेसम्म अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए

जिल्लाको ९४० खोपकेन्द्र मार्फत महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई  खोप लगाइने पाठकले जानकारी दिए झापामा ६९ हजार २९९ पाँच बर्षमुनि पाँच बर्षदेखि १५ बर्षमुनिका लाख ४५ हजार १११ जना बालबालिका रहेको जानकारी दिइयो

विश्व स्वास्थ्य संगठनकी कर्मचारी डा. संगिता साहले ज्वरो आएको क्यान्सर, एचआइभी लागेको बाहेकका बालबालिकालाई खोप दिन सकिने जानकारी दिइन्

खोपका कारण कुनै कुनै बालबालिकामा सामान्यदेखि गम्भीरसम्मका अवाञ्छित घटना देखिन सक्ने भएपनि त्यस्तो संख्या अत्यन्त न्यून हुने जानकारी दिइएको त्यस्तो अवस्था आए त्यसको व्यवस्थापनका लागि सम्पूर्ण संयन्त्र तयार राखिने बताइएको

सम्बन्धित समाचार