२०८३ आश्विन १७ गते , शनिबार

झापा गोल्ड कपको सम्पूर्ण तयारी पूरा

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १९ गते , शनिबार
झापा गोल्ड कपको सम्पूर्ण तयारी पूरा

बिर्तामोड । अर्ना छैटौँ झापागोल्ड कपको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो ।

गोल्डकपको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको गोल्डकपका अध्यक्ष विनोद वस्नेतले जानकारी दिए । उद्घाटन खेल एपीएफ र संकटा क्लब बिच हुनेछ ।

कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ झापा र झापा जिल्ला फुटबल क्लबका अध्यक्ष भगिरथ आले मामाले गोल्ड कपको सदस्यता लिएका थिए । उनीहरुलाई अध्यक्ष बस्नेतले खदा लगाएर स्वागत गर्नुका साथै गोल्डकपको टिसर्ट र व्याच प्रदान गरेका थिए ।

गोल्डकपको यो संस्करणमा १० वटा टिम सहभागी हुनेछन् । मोफसलकै सर्वाधिक चर्चामा रहेको गोल्डकपका लागि मुक्तिचोक र वरिपरी रङ्ग्याइएको छ ।

भक्कानिए बस्नेत

पत्रकार सम्मेलनमा बोल्दा बोल्दै अध्यक्ष बस्नेत भक्कानिए । सिङ्गो झापाली सञ्चारकर्मीले यस अघिदेखि कै खेलकुद सफल पार्न साथ दिएको बताउँदै बस्नेत भक्कानिएका हुन् । आफुले अहोरात्र मेहेनत गरेर प्रतियोगिता सफल बनाउन लागि परेको भएपनि केहि मानिसहरुलै आर्थिक अपचलन गरेको जस्ता अनर्गल प्रचार गरेको उनले गुनासो गरे । आर्थिक मन्दीका बाबजुद व्यवसायीहरु समक्ष हात फैल्याउनु परेको उनले बाध्यता सुनाए ।

 

 

सम्बन्धित समाचार