२०८३ बैशाख ६ गते , आईतबार

त्रिभुवन आर्मी झापा गोल्डकपको सेमिफाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २३ गते , बुधबार
त्रिभुवन आर्मी झापा गोल्डकपको सेमिफाइनल प्रवेश

बिर्तामोड त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी अर्ना छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको बुधबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेको हो

आर्मीका लागि खेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठ ८० औं मिनेटमा बसन्त जिम्बाले गोल गरे

उत्कृष्ट प्रदर्शन गर्दै मच्छिन्द्रले खेलमा सुरुवाती अग्रता लिएको थियो मच्छिन्द्रका लागि खेलको १०औँ मिनेटमा हिसुब थपलियाको उत्कृष्ट पासमास्टेफन्स विनोङ्सले गोल गरेका थिए पहिलो हाफमा कमजोर देखिएको आर्मीले दोस्रो हाफमा मच्छिन्द्रलाई निरन्तर दबाबमा राख्न सफल भयो दोस्रो हाफमा मच्छिन्द्रले राम्रो फिनिसङ गर्न सकेन चार पटकको झापा गोल्डकप विजेता आर्मीे उपाधिको दाबेदार मानिन्छ

जितसँगै आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग शुक्रबार खेल्नेछ

आजको खेलको अफ म्याच आर्मीका बसन्त जिम्बा भए उनले नगद ११ हजार प्राप्त गरे

बिहीबार आयोजक झापा११ एन्फा मकवानपुर फुटबल क्लबबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ

सम्बन्धित समाचार