२०८३ आश्विन १७ गते , शनिबार

झापा गोल्डकपमा आज त्रिभुवन आर्मी र एपीएफ खेल्ने, महिलालाई प्रवेश निःशुल्क

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २५ गते , शुक्रबार
झापा गोल्डकपमा आज त्रिभुवन आर्मी र एपीएफ खेल्ने, महिलालाई प्रवेश निःशुल्क

बिर्तामोड । झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा जारी अर्ना छैठौं झापा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेल त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबबिच हुने छ ।

आजको खेल महिलाहरुले निःशुल्क हेर्न पाउने भएका छन् । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला दिदीबहिनीहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएका झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

महिलाहरुलाई फुटवल खेलप्रती आकर्षित गराउन, नारी दिवसलाई उल्लासमय बनाउन र महिलाहरुप्रति सम्मान गर्दै महिलाहरुलाई निःशुल्क खेल हेर्ने अवसर प्रदान गरेको उनले बताए ।

११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनुहुन सबै आमा दिदिबहिनीहरुलाई उनले आग्रह गरेका छन् । खेल दिउँसो २ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार