२०८३ बैशाख ६ गते , आईतबार

झापा गोल्डकप : एपीएफ फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २५ गते , शुक्रबार
झापा गोल्डकप : एपीएफ फाइनल प्रवेश

बिर्तामोड विभागीय टीम एपीएफ फुटबल क्लब झापाको बिर्तामोड बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा जारी अर्ना छैठौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको आज भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो

खेलको ७०औँ मिनेटमा एपीएफका लागि विदेशी खेलाडी फोडे फोफोनाले हेड मार्फत गोल गरेका थिए उनको गोल नै एपीएफका लागि विजयी गोल बन्यो

आजको खेलको म्यान अफ दि म्याच एपीएफका फोडे फोफोना बने उनले नगद ११ हजार रुपैँया प्राप्त गरे

एपीएफले शनिबार हुने झापा ११ चर्चब्वाइजको विजेतासँग फागुन २८ गते फाइनल खेल खेल्नेछ

प्रतियोगिताको प्रथम हुने टिमले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउने भने उपविजेताले नगद लाख प्राप्न गर्नेछ  

सम्बन्धित समाचार