२०८३ आश्विन १६ गते , शुक्रबार

बिएण्डसी अस्पतालको अनुमति सम्बन्धि रिटको चैत्र ४ गते पेसी

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २८ गते , सोमबार
बिएण्डसी अस्पतालको अनुमति सम्बन्धि रिटको चैत्र ४ गते पेसी

बिर्तामोड । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाईंलगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएण्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि आइतबार भएको सुनुवाइमा उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै चैत ४ गतेका लागि पेसी तोक्न आदेश भएको हो ।

अध्यापनका लागि अनुमति नपाउँदा बिएण्डसीले झापाको धाइजनमा निर्माण गरेको मेडिकल कलेजको भवन लामो समयदेखि प्रयोग विहिन छ । 

सम्बन्धित समाचार