२०८३ बैशाख ६ गते , आईतबार

मनी ट्रान्सफर सञ्चालकलाई गोली हान्ने पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २ गते , शुक्रबार
मनी ट्रान्सफर सञ्चालकलाई गोली हान्ने पक्राउ

झापा । रौतहटको परोहा नगरपालिका-९ का २६ वर्षीय नितेश साहलाई गोली हान्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी एलिजा गिरीका अनुसार साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ परेका हुन् ।
शुक्रबार दिउँसो गोली लाग्दा साह घाइते भएका छन् । शिव मनि ट्रान्सफरका सञ्चालक साहमाथि मोटरसाइकलमा आएका ३ जना भारतीयले गोली प्रहार गरेका थिए । 
मनी ट्रान्सफर अफिसमा बसिरहेका साहमाथि गोली प्रहार भएको हो । गोली लागी घाइते साहलाई उपचारको लागि वीरगन्ज लगिएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनालाई गोली प्रहार गरेर भाग्नै लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए । डीएसपी गिरी घटनास्थल पुगेर अनुसन्धानमा जुटेका छन् ।
घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली बरामद गरेको छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठसमेत पुगेका छन् ।

सम्बन्धित समाचार