२०८३ बैशाख ६ गते , आईतबार

माइ अस्पतालमा सेवाग्राहीको भीड बढ्दो

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ६ गते , मंगलबार
माइ अस्पतालमा सेवाग्राहीको भीड बढ्दो

बिर्तामोड इलाम जिल्लाको माइ नगरपालिकास्थित माइ नगरअस्पतालमा सेवा लिने सेवाग्राहीको चाप बढ्दो अस्पतालको सेवा प्रभावकारी हुनुका साथै नजिकै अन्य अस्पताल नहुँदा नगरअस्पतालमा सेवा लिनेको भीड बढेको हो  

चालु आवको फागुन मसान्तसम्ममा अस्पतालबाट हजार ८४७ जनाले बहिरंग सेवा लिएका छन् यो अवधिमा १५२ जना गर्भवतीले अस्पतालबाट सेवा लिएको अस्पतालकी नर्सिङ इञ्चार्ज देविमाया धमलाले जानकारी दिइन्

आठ महिनाको अवधिमा अस्पतालमा आएर ६७ जनाले सुत्केरी गराएका थिए त्यस्तै ४५ जना महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएको छोटो लामो गरी २९० जनाले परिवार नियोजन सेवा लिएको उनले जानकारी दिइन्

अस्पतालमा नियमित गर्भ जाँच गराएर सुत्केरी गराउने महिलालाई नगरपालिकाले दिने पाँच हजारसहित हजार आठ सय रुपैँया उपलब्ध गराइने उनले बताइन् सेवासँगै खर्चपनि पाइने भएकाले सेवाग्राहीहरु अस्पताल आउने गरेको उनले बताइन्

अस्पताल परिसर मै आयुर्वेदिक अस्पतालपनि रहेको अस्पतालले दुई वटा एम्बुलेन्समार्फत सेवा दिइरहेको जनाएको

अस्पतालको नयाँ भवन निर्माणाधिन रहेको  

 

सम्बन्धित समाचार