२०८३ बैशाख ६ गते , आईतबार

स्थानिय तहका प्रतिनिधीसँग दृष्टि विशेषज्ञको अन्तरक्रिया

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ८ गते , विहीबार
स्थानिय तहका प्रतिनिधीसँग दृष्टि विशेषज्ञको अन्तरक्रिया

विराटनगर दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशले स्थानिय तहका पदाधिकारीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको

दृष्टि विशेषज्ञका तर्फबाट आँखा स्वास्थ्य सेवामा दृष्टि विशेषज्ञका योगदानका विषयमा अध्यक्ष ठाकुरले आफ्नो प्रस्तुति दिएका थिए नेपालमा १५०० भन्दाबढी दृष्टि विशेषज्ञ वर्तमान अवस्थामा कार्यरत रहेको रोजगारीको सिलसिलामा ३०५ दृष्टि विशेषज्ञ विदेश पलायन भएको तथ्याङ्क प्रस्तुत गर्दै देशमै उनीहरुको योगदानको उच्च मुल्याङ्कन हुनुपर्नेमा जोड दिए

प्रत्येक गाउँपालिका नगरपालिकामा कम्तीमा पनि कूल जनसंख्याको १२ प्रतिशत आँखाको बिरामीको प्रक्षेपण हुनुले करिब चार हजार बिरामी एउटा गाउँपालिका नगरपालिकामा भएको तथा उचित उपचारबाट बञ्चित हुनु परेको अध्यक्ष ठाकुरको भनाई आँखाको उपचारमा खर्च भन्दा पनि यातायात अन्य खर्च नै धेरै भएकाले नागरिकले उचित उपचार पाउन नसकेको अवस्थामा जनप्रतिनिधिले नागरिकको उपचारमा चासो दिनुपर्ने उनको धारणा

स्थानिय निकायमा भएको चश्मा पसलमा कस्ता जनशक्तिले पसल संचालन गरेको, कस्तो प्रकारको चश्मा उपभोक्तालाई बिक्री वितरण भईरहेको भन्ने विषयमा चासो दिन आग्रह गर्दै अनुगमन गर्न आग्रह गरिएको थियो औषधी व्यवस्था विभागले चश्मा तथा कन्ट्याक्ट लेन्स लगायतलाई स्वास्थ्यका उपकरण अन्तरगत राखेको तथा यसको बिक्री वितरण विशेषज्ञबाट मात्र हुनुपर्ने स्पष्ट पारेको हुँदा यस्ता विषयमा स्थानिय तहले अनुगमन गर्नुपर्ने अध्यक्ष ठाकुमारको भनाई

दृष्टि विशेषज्ञले विद्यालयमा आँखा कार्यक्रम प्रत्येक स्थानिय निकाय मार्फत चलाएर बाल अन्धोपन हटाउन टेवा पुग्ने तर्फ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको ध्यानाकर्षण गराएका थिए कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले यस्ता कार्यक्रमले आफुहरुलाई स्वास्थ्यका क्षेत्रका काम गर्न हौसला मिलेको प्रतिक्रिया दिएका थिए

कार्यक्रमका प्रमुख अतिथी एवम् बिराटनगर महानगरपालिका नागेश कोईरालाले दृष्टि विशेषज्ञहरु आँखा स्वास्थ्य सेवाका अभिन्न अंगभएको भन्दै आगमी दिनहरुमा दृष्टि विशेषज्ञहरुसंग छलफल गरी सहकार्य गर्दै आँखा स्वास्थ्य सेवालाई अघि बढाउने प्रतिबद्धता जनाए

कार्यक्रममा नेपाल दृष्टि विशेषज्ञ संघ केन्द्रिय समितिका अध्यक्ष निरजदेव जोशीले आँखा स्वास्थ्य सेवा नेपाल सरकारको प्राथमिकतामा नपरेको तथा यसले गर्दा निकट भविष्यमा आँखा स्वास्थ्य सेवाको सर्वसुलभतामा प्रश्न उठ्न सक्ने आशंका व्यक्त गरे कार्यक्रममा गोल्छा आँखा अस्पतालका संजीव यादव, सरबिन्द यादव लगायतले बोलेका थिए

दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशका अध्यक्ष अजितकुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा विराटगर नगर महानगरपालिकाका प्रमूख नागेश कोईरालाको प्रमुख आतिथ्य रहेको थियो कार्यक्रममा सुनसरी मोरङका विराटनगर, दुहवी, इनरुवा लगायत वटा स्थानिय तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो संस्थाका निवर्तमान अध्यक्ष पंकज कुमार राय अधिकारीले स्वागत गरेका थिए

 

सम्बन्धित समाचार