२०८३ आश्विन १७ गते , शनिबार

खन्ती प्रहार गरि हत्या

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ८ गते , विहीबार
खन्ती प्रहार गरि हत्या

बिर्तामोड । भद्रपुरमा खन्ती प्रहार गरि एक जनाको हत्या भएको छ । भद्रपुर–२ बस्ने ३० बर्षीय कमानसिंह राईले स्थानीय गंगा राईलाई खन्ती प्रहार गरी हत्या गरेका हुन् ।

बुधबार साँझ ९ बजे विरबहादुर राईको घरमा गएर सुतेका गंगालाई विरबहादुरका छोरा बिहीबार विहान ५ बजे खन्ती प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुरानो रिसिबीका कारण उनले खन्ती प्रहार गरेको र गंगाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी  प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

कमानसिंहलाई प्रहरीले खन्तीसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार