२०८३ आश्विन १७ गते , शनिबार

बगानबाटै सुपारी चोर पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ९ गते , शुक्रबार
बगानबाटै सुपारी चोर पक्राउ

बिर्तामोड । अर्जुनधाराबाट दुई जना सुपारी चोरी गर्दागर्दै पक्राउ परेका छन् । प्रहरीले बिहीबारे अर्जुनधारा–७ का सुनिल राई र वडा नम्बर ८ का आलो भनिने सुरज मण्डललाई पक्राउ गरेको हो ।

बिहीबार साँझ ५ बजे अर्जुनधारा–५ फुलबारी टोलस्थित टिकादेवी गिरीको सुपारी बगानमा चोरी गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट पाँचवटा बोरामा राखिएको १० हजार ९८० रुपैँया बराबरको १८३ किलो काँचो सुपारी र ठूलो डिजिटल तराजुसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार