२०८३ आश्विन १७ गते , शनिबार

रास्वपाले इलाम-२ का लागि १७ गते उम्मेदवार घोषणा गर्ने

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ११ गते , आईतबार
रास्वपाले इलाम-२ का लागि १७ गते उम्मेदवार घोषणा गर्ने

बिर्तामोड । इलाम क्षेत्र नम्बर २ मा आगामी बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले आगामी १७ गते शनिबार उम्मेदवार घोषणा गर्ने भएको छ ।

नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ को उपनिर्वाचनका लागि रास्वपाले चैत १७ गते उम्मेदवार घोषणा गर्न लागेको हो । उपनिर्वाचनका लागि चैत २४ गतेलाई उम्मेदवारी दर्ताको समय दिइएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेदेखि नै रास्वपाले इलाममा निरन्तर गतिविधि गरिरहेको छ । १४ फागुनमा बसेको पार्टीको सचिवालय बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमाण्डर बनाएर पठाएको थियो ।

त्यसपछि इलाम-२ का ६ स्थानीय तहमा मतदाताको धारणा बुझ्न सोबिता गौतम, गणेश पराजुली, मनिष झा, असिम साह, अशोक चौधरी र हरि ढकाललाई खटाएको थियो । उम्मेदवारका लागि खुला आह्वान गरेको रास्वपाले आगामी शनिबार इलाममै कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ ।

उम्मेदवारी घोषणासँगै सिंगो रास्वपा इलाम २ मा केन्द्रित हुने उपसभापति स्वणर्िम वाग्लेले बताए । ‘चुनाव लोकतान्त्रिक उत्सव पनि हो र रणनीतिक रुपमा भन्दा एउटा ठूलो महासंग्राम पनि हो’, रास्वपाले शनिबार काठमाडौंमा गरेका कार्यक्रममा वाग्लेले भने, ‘चैत १७ पछि अर्को एक महिना त्यो उम्मेदवारलाई नजिताएसम्म रास्वपालाई अन्य कुरामा बरालिने छुट छैन ।’

सके भौतिक रुपमा उपस्थित हुन, नभए फेसबुक, ट्वीटर सहितका सञ्जालमार्फत माहौल बनाउन आग्रह गर्दै उनले भने, हाम्रो उम्मेदवारलाई शानदार मतका साथ बिजयी गराएर संसदमा छिराउन सक्यौं भने २० बाट २१, २१ बाट २२ र २२ बाट १५० को हाम्रो यात्रा तय हुन्छ ।’

सम्बन्धित समाचार