२०८३ आश्विन १७ गते , शनिबार

इलाम–२ का लागि एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १२ गते , सोमबार
इलाम–२ का लागि एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय

बिर्तामोड । नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जिल्ला तथा प्रदेश कमिटीबाट सिफारिस भई आएका छ जना उम्मेदवारमध्ये आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेको जिल्ला कमिटी तथा प्रदेश कमिटीले सुहाङसहित, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलालको नाम सिफारिस गरेको थियो ।

एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको  उपमहासचिव प्रदीप ज्ञवालीलेले बताए  । उनी एमालेका दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । हृदयघातबाट सुवासको गएको भदौ २६ गते निधन भएको थियो ।

यस्तै एमाले प्रदेश सभा अन्तर्गत बझाङ १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार