२०८३ आश्विन १७ गते , शनिबार

होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा पाँचथर र सुनसरीका युवाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १२ गते , सोमबार
होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा पाँचथर र सुनसरीका युवाको मृत्यु

झापा । होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा ललितपुरमा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप हुँदा  पाँचथर र सुनसरीका दुई युवाको मृत्यु भएको हो  ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।

पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार