२०८३ आश्विन १७ गते , शनिबार

इलाम–२ का लागि माओवादीबाट चार जनाको नाम सिफारिस

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १४ गते , बुधबार
इलाम–२ का लागि माओवादीबाट चार जनाको नाम सिफारिस

बिर्तामोड । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको हो ।

जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको उनले बताए ।

इलाम–२ मा एमालेले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार टुंगो लगाइसकेको छ । नेपाली कांग्रेसको प्रदेश समितिले केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने भनेको छ ।

तर माओवादी केन्द्रभित्र पनि इलाममा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने मत देखिएको छ । ‘कार्यकर्ताको तर्फबाट आफ्ना उम्मेदवार उठाउनुपर्ने दबाब छ, हामीले केन्द्रमा पार्टीले  उम्मेद्वारी दिनुपर्छ भनेका छौं’, प्रदेश अध्यक्ष नेम्वाङले भने, ‘आफ्नै उम्मेदवार उठाउनका लागि नाम सिफारिस गरेका हौं ।’

सम्बन्धित समाचार