२०८३ आश्विन १७ गते , शनिबार

इलाम–२ मा माओवादी केन्द्रबाट धिरेन्द्र सिफारिश

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २० गते , मंगलबार
इलाम–२ मा माओवादी केन्द्रबाट धिरेन्द्र सिफारिश

इलाम । सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नम्बर २ मा धिरेन्द्र शर्मा तिम्सिना (रमण) उम्मेदवार  सिफारिश भएका छन् ।

माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो । उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए ।

उम्मेदवारका लागि शर्मासहित चार जना आकांक्षी भएपनि नेताहरुले शर्माको नाममा सहमति जुटाएका हुन् ।

२०७४ सालको चुनावमा उनी क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् ।

इलाम–२ मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु उम्मेदवार छन् ।

इलाम–२ मा १५ वैशाखमा उपचुनाव हुँदैछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार