२०८३ बैशाख ६ गते , आईतबार

सहारा साकोसको २९औँ स्थापना दिवस भव्यताका साथ उद्घाटन

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २१ गते , बुधबार
सहारा साकोसको २९औँ स्थापना दिवस भव्यताका साथ उद्घाटन

बिर्तामोड नेपालकै पहिलो ठूलो सहकारी संस्था बन्न सफल सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २९औँ स्थापना दिवस भव्यताका साथ उद्घाटन गरेको झापाको बिर्तामोड चारपानेमा प्रधान कार्यालय रहेको सहाराले बुधबार बिर्तामोडस्थित सिटी सेन्टरमा स्थापना दिवस उद्घाटन गरेको हो

कार्यक्रमका प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गरे उनले सहारा नेपाल साकोस नेपालको नम्बर एक बन्न सफल भएकोमा बधाई दिए सहाराले बोलेर नभई कामले आफुलाई पहिलो बनाउन सफल भएको भन्दै प्रमुख अतिथी सिंहले सहाराको प्रशंसा गरे केहि सहकारीले विधी पद्दती भुलेर, सहकारीको मर्मलाई पन्छाएर काम गरेकाले समस्याग्रस्त बनेको भन्दै संस्था सफल बनाउन नेतृत्व सबल हुनुपर्ने उनले बताए

कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेका विशिष्ट अतिथी मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दले सहारा नेपाल साकोसको सफलतामा विद्यावारिधी गरिनुपर्नेमा जोड दिए दुई चार जना विद्वानहरुले सहारा नेपाल साकोसमाथि विद्यावारिधी गर्नुपर्छ,’ उनले भने,‘त्यसबाट सहारा नेपाल सफल हुनुको कारण छर्लङ्ग हुन्छ अरुलाई मद्दत पुग्छ अरु सहकारीहरु समस्यामा फस्दै गएको बेला सहाराले सफलता प्राप्त गरिरहेको कुराको सुत्र अरुले बुझे अन्य सहकारीहरुपनि सफलता तर्फ जान सक्ने उनले बताए उनले राज्यको तर्फबाट पनि सहारालाई सम्मान गर्नुपर्ने धारणा राखे  

योगी विकाशानन्दले मानिस आफ्नो विचारका कारण खुशी दुखी हुने बताए सुख दुखको कारण अरु कोहि नभई मानिसको व्यक्तिगत विचार हुने उनको भनाई थियो मानिसको दिमागमा उत्पन्न हुने रसायनले मानिसलाई खुशी दुखी तुल्याउने बताए आत्मविश्वास भएको मानिसले मात्र सफलता प्राप्त गर्न सक्ने उनको भनाई थियो कार्यक्रममा उनले सम्मोहन कलाको बारेमा बताएका थिए

संस्थाको समग्र प्रगती बारे संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी गराएका थिए

साकोसका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी, संविधानसभा सदस्य प्रेम गिरी, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, नेफ्स्कुनका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल, राप्रपा झापाका अध्यक्ष केशव ओझालगायतले शुभकामना मन्तव्य राखेका थिए कार्यक्रम सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेका थिए  

सहाराले स्थापना दिवसको अवसरमा चार दिनसम्म विभिन्न कार्यक्रम गरी २४ गते समापन गर्ने जनाएको  

 

सम्बन्धित समाचार