२०८३ बैशाख ६ गते , आईतबार

एनएमसीको तेस्रो रणनीतिक व्यवसायीक योजना सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २५ गते , आईतबार
एनएमसीको तेस्रो रणनीतिक व्यवसायीक योजना सार्वजनिक

बिर्तामोड नेपालकै दोस्रो ठूलो सहकारी संस्था बन्न सफल नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि. (एनएमसी) ले तेस्रो रणनीतिक व्यवसायीक योजना सार्वजनिक गरेको आइतबार बिर्तामोडस्थित शाखा कार्यालयमा पत्रकार सम्मेलन गरी एनएमसीले २०८००८४ को लागि निर्माण गरेको रणनीतिक व्यवसायीक योजना सार्वजनिक गरेको हो

संस्था सञ्चालनको महत्वपूर्ण उपकरणको रुपमा आवधिक योजना रहेको भन्दै संस्थाले भर्खरै तेस्रो रणनीतिक व्यवसायीक योजना स्वीकृत गरेको संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले जानकारी दिए व्यवसायीक योजना निर्माण गर्दा संस्थाको ऐतिहासिक विकास      क्रम, संस्था सञ्चालनको तीन दशकको अनुभव सिकाई, समग्र समसामयिक परिवेश विश्लेषणआदिलाई ध्यानमा राखिएको उनले बताए

संस्थाले रणनीतिक योजना अन्तर्गत विभिन्न क्षेत्रमा संस्थाले प्रक्षेपण गरेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए एनएमसीले आगामी चार बर्ष भित्रमा लाख ३३ हजार ९२१ जना सदस्य संख्या पुर्याउने २२ अर्ब ४६ करोड ६२ लाखको वासलात बनाउने प्रक्षेपण गरेको

एनएमसीले अघि सारेको व्यवसायीक रणनीतिक योजना

१. संस्थाको आफ्नै नामबाट बान्डिङ गरी तोरीको तेल उत्पादन विक्री वितरण गरिने

२. सिटिसी चिया प्याकेजिङड उद्योगलाई थप व्यावसायिक बनाई विस्तार गरिने छ। इलामेली चिया उत्पादक सहकारी संस्थाबाट एकीकरणका क्रममा प्राप्त जग्गामा पार्टी प्यालेस तथा गेष्ट हाउस निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी कार्य अगाडि बढाइनेछ

३. एनएमसी एग्रो फार्म अन्तर्गत सञ्चालित गाई फार्मलाई उच्च नश्लमा आधारित बाछी उत्पादन केन्द्रका रुपमा विकास गरिने

४. कम लगानी कम सञ्चालन खर्चमा सञ्चालन गर्नेगरी सहकारी पसल विस्तार योजना कार्यान्वयन गरिने

५. व्यवसाय विस्तारको सम्भावना कम भएका बचत तथा ऋण सहकारी व्यवसायका सेवाकेन्द्रहरुलाई आवश्यकता अनुसार एक आपसमा गाभिनेछ

६. सम्भाव्यता अध्ययनका आधारमा सहकारी संस्थाहरुसँगको एकीकरणलाई निरन्तरता दिइने

७. योजना अवधि अन्तर्गत हाल प्रस्तावमा नरहेका तर सम्भाव्यताका आधारमा अन्य कुनै व्यवसाय विस्तार गर्नुपर्ने भएमा सोलाई समेत प्राथमिकतामा राखिने

आगामी वर्षका लागि हाल गरिएको परिस्थिति विश्लेषणमा अस्वभाविक परिवर्तन नभएमा योजना आवधिमा प्रक्षेपण गरिएका लक्ष्य प्राप्त हुने कुरामा संस्था विश्वस्त रहेको

कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले दिएका थिए

 

सम्बन्धित समाचार