२०८३ आश्विन १७ गते , शनिबार

मन्त्रीको खाली सिट राखेर अघि बढ्ने मुख्यमन्त्री कार्कीको भनाई

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २७ गते , मंगलबार
मन्त्रीको खाली सिट राखेर अघि बढ्ने मुख्यमन्त्री कार्कीको भनाई

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीको सिट खाली राखेर अघि बढ्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएपछि उनले त्यस्तो बताएका हुन् ।

आफू सडकमा निस्केर गोलीसँग तर्किँदै नेता बनेको व्यक्ति भएकाले संविधानलाई अप्ठ्यारोमा पार्ने काम नगर्ने मुख्यमन्त्री कार्कीले बताए ।

माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएसँगै सोमबार उनले भने, ‘संविधानलाई अप्ठ्यारोमा पार्ने मेरो काम हुँदैन । म सडकमा निस्केर गोलीसँग तर्किँदै बनेको नेता हुँ । त्यसकारण संविधान र लोकतन्त्रलाई मध्यनजर गर्दै क्याबिनेट मन्त्रीको सिट खाली राखेरै अगाडि बढ्छु ।’

माओवादी केन्द्रबाट प्रदेश सरकारमा रहेकाहरू  खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले सोमबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

आजै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार