२०८३ आश्विन १७ गते , शनिबार

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २७ गते , मंगलबार
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

बिर्तामोड । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित समाचार