२०८३ बैशाख ६ गते , आईतबार
सिद्धार्थ बैँकद्वारा पाउ पाथिभरा मन्दिर सरसफाई
बिर्तामोड । झापाको चारआलीस्थित पाउ पाथिभरा मन्दिर सरसफाई गरिएको छ । सिद्धार्थ बैँकले सोमबार मन्दिर परिसर सरसफाई गरेको हो ।
विश्व पृथ्वी दिवसको अवसरमा धार्मिक स्थलको रुपमा रहेको पाथिभरा मन्दिर परिसरमा सरसफाई गरिएको सिद्धार्थ बैंकका कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठले जानकारी दिए । मन्दिर सरसफाई गर्नुका साथै उनीहरुले ४ थान डष्टबिनसमेत मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा सिद्धार्थ बैँकका प्रदेश प्रमुख श्रेष्ठसहित बिर्तामोड शाखा प्रमुख सुभाष श्रेष्ठ, चन्द्रगढी शाखा प्रमुख सञ्जय मिश्र, काकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटालगायत २५ जनाको सहभागिता रहेको बिर्तामोड शाखाका कर्जा अधिकृत सुरेश पाठकले जानकारी दिए ।