२०८३ बैशाख ५ गते , शनिबार

आजदेखि तेस्रो लगानी सम्मलेन शुरु हुँदै, १६ सय बढी लगानीकर्ता सहभागी हुने

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १६ गते , आईतबार
आजदेखि तेस्रो लगानी सम्मलेन शुरु हुँदै, १६ सय बढी लगानीकर्ता सहभागी हुने

काठमाण्डौ आजदेखि तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ वर्षपछि दुई दिनसम्म चल्ने लगानी सम्मेलन सुरु हुन लागेको हो विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्ने लक्ष्यसहित सरकारले सम्मेलनको आयोजना गरेको हो

यो लगानी सम्मेलनमा सहभागिताका लागि विश्वभरबाट १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुनेछ यसअघि सरकारले २०७३ २०७५ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो ती लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धता बमोजिम भने लगानी आएन

त्यसयता कोभिड१९ महामारीका कारण लगानी सम्मेलनको आयोजना हुन सकेन २०७५ सालमा आयोजित लगानी सम्मेलनको वर्षपछि तेस्रो लगानी सम्मेलन आजदेखि सुरु भएको हो

विश्वभरका १६ सयभन्दा बढी सहभागी हुँदै

लगानी बोर्डले दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा विश्वभरका १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने बताएको सम्मेलनमा विश्वका ५५ भन्दा धेरै देशबाट १६ सय लगानीकर्ता सहभागी हुने लगानी बोर्डको कार्यालयले जानकारी दिएको हो बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो दिएको थियो त्यसमध्ये १६ सय जना सहभागी हुने भएका हुन्

लगानी सम्मेलनमा नेपालका सबैभन्दा धेरै लगानीकर्ता सहभागी हुने बताइएको नेपालबाट ३८५ जना लगानीकर्ता सहभागी हुने बोर्डको कार्यालयले जनाएको यस्तै चीनबाट २६५ जना भारतबाट १४३ जना सहभागी हुने बताइएको

बोर्डले तयार पारेको सूचीअनुसार सम्मेलनमा अमेरिकाबाट ३३ जना लगानीकर्ता आउँदै छन् जापानबाट २८ जना सहभागी हुनेछन् भने बेलायतबाट १४ जना बङ्गलादेशबाट १३ संयुक्त अरब इमिरेट्सबाट समेत १३ जना आउनेछन् यसबाहेक जर्मनीबाट १० जना आउने बताइएको

१४८ परियोजना प्रस्तुत गरिँदै

लगानी बोर्डले तेस्रो लगानी सम्मेलनमा प्रस्तुत गर्नका लागि १४८ वटा परियोजना छनौट गरेको लगानी बोर्डले लगानी सम्मेलनलाई मध्यनजर गरेर गठन गरेको प्राविधिक कमिटीले १४८ परियोजना छानेको प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले बताए   सम्मेलनमा प्रस्तुत गरिने परियोजनालाई चरणमा वर्गीकरण गरिएको बोर्डले प्रारम्भिक चरणमा १२५ परियोजना छानेको थियो

सूचीअनुसार सम्मेलनमा २० वटा परियोजना निर्माणका लागि आशय पत्र आह्वान गरिने आशय पत्र माग हुने परियोजनाहरूको सूचीमा जलविद्युत सबैभन्दा धेरै छन् यस्तै पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रदेखि धौवादी फलाम खानीसम्ममा आशय पत्र आह्वान गरिनेछ

यस्तै निर्माणको चर्चा चलेका परियोजनाको सूची वटा तयार पारिएको पहिचानको चरणमा रहेका परियोजनाको सूचीमा ३१ वटा छन् वित्तीय व्यवस्थापनको चरणमा रहेका परियोजनाको सूची १८ यसबाहेक निजी क्षेत्रले पहिचान गरेको परियोजनाको सूची ३१ रहेको बोर्डको कार्यालयले जनाएको

यस्तै २७ वटा परियोजना समेत अघि बढाउने स्वीकृति लिँदै सम्मेलनमा प्रस्तुत गर्ने निर्णय भएको यस्तै निजी लगानीको खोजीमा सम्मेलनमा १४ वटा परियोजना तयार पारिएको

सम्बन्धित समाचार