बिर्तामोडमा ३५ दिने कुक तालिम शुरु
बिर्तामोड । झापाको बिर्तामोडमा ३५ दिने कुक तालिम शुरु भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा युवा लक्षित तालिम शुरु गरिएको हो ।
युवाहरुलाई सीप दिलाई स्वरोजगार बनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको वडाध्यक्ष राहुल शर्माले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी शर्माले सहभागीहरुलाई सक्रियतापूर्वक तालिममा सहभागी भएर सीप हासिल गर्न आग्रह गरे । तालिम पश्चात युवाहरुले आफै होटल सञ्चालन गर्न सक्नुका साथै राम्रा होटलहरुमा कामको अवसर प्राप्त गर्न सक्ने र बेरोजगार बस्नु नपर्ने उनले बताए ।
कार्यक्रमका अतिथी बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला ल्वागुनले युवायुवतीहरुलाई सीप दिलाई स्वरोजगार बनाउन कार्यक्रम आयोजना गरिएको बताउँदै सहभागीहरुलाई तालिम अवधिभर कलेजको नियम भित्र रहेर सीप सिक्न आग्रह गरिन् ।
कार्यक्रममा बिर्तामोड वडा नम्बर ४ का ३३ वटा टोल विकास संस्थाहरुबाट ५५ जना सहभागी रहेका छन ।
वडा कार्यालयले आदर्श स्कुल अफ मेनेजमेन्टसँगको सहकार्यमा तालिम आयोजना गरेको तालिम संयोजक दिपक दासले जानकारी दिए । वडा कार्यालयको थोरै आर्थिक सहयोगमा कलेजले सामाजिक उत्तरदायित्वसमेत सम्झिएर सहप्रायोजकको भूमिका निर्वाह गरेको उनले बताए ।
कार्यक्रममा कलेजका सञ्चालक संजोग खरेल, वडा सदस्य रमादेवि राजवंशी, वडा सचिव नन्दलाल आचार्य लगायतको उपस्थिती रहेको थियो । तालिममा भुवन दंगाल, सन्तोष मगर, अनुकिरण श्रेष्ठले सहजीकरण गर्ने उद्घाटन कार्यक्रम सञ्चालक तथा वडा सदस्य केशवप्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम सीप विकास तथा क्षमता अभिवृद्धि उपभोक्ता समितिका अध्यक्ष नारायण मुखियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।