२०८३ बैशाख ६ गते , आईतबार

परीक्षा दिएर फर्कँदै गरेकी छात्रामाथि गोली प्रहार

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २१ गते , शुक्रबार
परीक्षा दिएर फर्कँदै गरेकी छात्रामाथि गोली प्रहार

बिर्तामोड । दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको स्थानीयको भनाई छ । 
दमक नगरपालिका-२ स्थित हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा उदयपुर घर भई दमक-५ मा बस्दै आएकी १८ वर्षीय एरिना अधिकारीलाई गोली प्रहार भएको भनिएपनि प्रहरीले भने गोली लागेको पुष्टि भइनसकेको जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले आवाज आएको सुनिएपनि गोलीको हो वा अरू केहीको भन्ने पुष्टि नभएको बताए । 
घाइतेको नाईटो माथि पेटमा डढेको, दबेको र बढारिएको जस्तो चोट देखिएको र कपडामा गोली जस्तो देखिने बस्तु फेला परेको प्रहरीले जनाएको छ ।
उनको अवस्था सामान्य रहेको र लाइफ लाइन अस्पताल दमकको आइसीयुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार