२०८३ बैशाख ६ गते , आईतबार

आठ दिनमा सवा छ लाख झापालीले खाए हात्तीपाइलेको औषधि

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २४ गते , सोमबार
आठ दिनमा सवा छ लाख झापालीले खाए हात्तीपाइलेको औषधि

बिर्तामोड झापामा आठ दिनमा सवा लाख झापालीले खाए हात्तीपाइलेको औषधि कार्यक्रम प्रभावकारी बन्दै गएको आठ दिनको अवधिमा जिल्लाका लाख ७६ हजार ८९३ जनाले हात्तीपाइलेको औषधि सेवन गरेका छन्

बैशाख १६ गतेदेखि शुरु भएको हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत बैशाख २३ गते अर्थात आठौ दिनसम्म जिल्लाका ५६ प्रतिशत मानिसले औषधि खाइसकेका छन् जिल्लाको कुल जनसंख्या १० लाख १२ हजार ६४२ मध्ये आठौ दिनसम्म लाख ७६ हजार ८९३ जनाले हात्तीपाइलेको औषधि खाएको स्वास्थ्य कार्यालय झापाले जनाएको जुन ५६.९६ प्रतिशत हो

सबैभन्दा बढी बिर्तामोडबासीले औपाधि सेवन गरेका छन् बिर्तामोडको कुल जनसंख्या लाख २० हजार ३३८ मध्ये आठौ दिनसम्म लाख हजार ६६४ अर्थात ८५.३१ प्रतिशतले औषधि खाएका छन् त्यस्तै दोस्रो स्थानमा कन्काई नगरपालिका रहेको कन्काईले कुल जनसंख्या ५४ हजार २१४ मध्ये आठौ दिनसम्म ४१ हजार ६९८ अर्थात ७६.९१ प्रतिशतलाई औषधि सेवन गराएको तेस्रो स्थानमा रहेको बुद्धशान्तिले कुल जनसंख्या ५३ हजार १० मध्ये ४० हजार २२६ जना अर्थात ७४.१६ प्रतिशतलाई औषधि खुवाएर तेस्रो स्थान हासिल गरेको । त्यस्तै मेचीनगरले ७५ हजार ६३९ अर्थात ५६.७७ प्रतिशत ,अर्जुनधाराले ४६ हजार ५८० अर्थात ५३.६४ प्रतिशत , शिवसताक्षीले ३९ हजार ५७० अर्थात ५२.०२ प्रतिशत ,कमलले २२ हजार ३४२ अर्थात ४०.८४ प्रतिशत , दमकले ६३ हजार ८३७ अर्थात ५६.९७ प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाएको स्वास्थ्य कार्यालय झापाले जनाएको

त्यस्तै गौरादहले २० हजार ३६९ अर्थात ३३,०२ प्रतिशत , गौरीगञ्जले १७ हजार ४२८ अर्थात ४९.३४ प्रतिशत , झापा गाउँपालिकाले २१ हजार ८५६ अर्थात ५५.४० प्रतिशत , बाह्रदशीले १९ हजार ८२७ अर्थात ५२.३४ प्रतिशत , हल्दिवारीले १६ हजार ६९५ अर्थात ५०.८७ प्रतिशत , भद्रपुरले २२ हजार १९६ अर्थात ३१.१९ प्रतिशत कचनकवलले ३९ हजार ६२२ अर्थात ७३.५५ प्रतिशतलाई हात्तीपाइलेको औषधि सेवन गराएका छन्

यस पटक अन्तिम अभियान बनाउन पालिकाका जनप्रतिनिधिसहित सरोकारवाला पक्ष सबै लागिपरेको स्वास्थ्य कार्यालय झापाले जनाएको गर्भवती महिला, सिकिस्त बिरामी दुई वर्ष मुनिका बालबालिकाबाहेक जिल्लामा साढे लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले मात्र औषधि खाएका थिए यस पटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाईसहित केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेका छन् औषधि खाएका व्यक्तिले कार्ड लिनुपर्ने हुन्छ कार्ड लिएर पालिकामा गए मात्र सेवा सुविधा पाउने निर्णय गरिएको

अभियान वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ

सम्बन्धित समाचार