२०८३ बैशाख ६ गते , आईतबार

सन्दीप लामिछानेको विश्वकप खेल अनिश्चित

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १० गते , विहीबार
सन्दीप लामिछानेको विश्वकप खेल अनिश्चित

झापा । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुन गइरहेको टी-२० विश्वकप खेल खेल्ने अनिश्चित भएको छ । अमेरिकाले लामिछानेलाई भिषा दिन अस्वीकार गरेपछि उनले उक्त खेल खेल्ने अनिश्चित भएको हो ।
लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिषा अस्वीकृत भएको जानकारी गराएका हुन् ।
बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिषा नदिएको हो। 
'नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो', लामिछानेले फेसबुकमा भनेका छन्, 'दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिषा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।'
क्यानका सदस्य दुर्गा पाठकले पनि सन्दीपको भिषा जारी नभएको  खबर प्राप्त भएको जानकारी दिए । उनले भने, ‘सन्दीप आजै अमेरिका जाने तयारी थियो । हामी यसबारेमा थप पहल गर्छौँ ।’ 
यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले यसअघिको सबै भिषा रद्द गरेकाले उनले भिषाका लागि नयाँ आवेदन दिनु परेको थियो । 

सम्बन्धित समाचार