२०८३ बैशाख ६ गते , आईतबार

गणतन्त्र दिवसमा फुटवल आयोजना: कमल कमिटी विजयी

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १६ गते , बुधबार
गणतन्त्र दिवसमा फुटवल आयोजना: कमल कमिटी विजयी

दमक । गणतन्त्र दिवसको अवसरमा झापाको कमलमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा वाइसीएललाई हराउँदै माओवादी केन्द्र कमल गाउँ कमिटी विजयी भएको छ । खेलमा वाइसीएललाई १ गोलको विरुद्ध २ गोल गर्दै कमल विजयी बनेको हो ।
पहिलो चरणको खेलमा पत्रकार ११ लाई २ गोलको विरुद्ध ३ गोल गरी कमल फाइनलमा प्रवेश गरेको थियो । यस्तै वाईसीएलले पार्टीको दमक नगर कमिटीलाई शून्यको विरुद्ध ३ गोल गरी विजयी बनेको थियो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङ सहित प्रदेश, जिल्ला र नगरका नेतृत्व सहित भएको मैत्रीपूर्ण खेलमा वाइसीएलका प्रेम योगी म्यान अफ द म्याच घोषित भए । विजेता र उपविजेतालाई केन्द्रिय सदस्य तामाङ र जिल्ला संयोजक राजु आचार्य अग्नीले ट्रफी प्रदान गरेका थिए ।


१७ औं गणतन्त्र दिवसको अवसर पारेर १० बर्षे जनयुद्धले ल्याएको परिवर्तनलाई जनतामाझ उत्पादन र समृद्धसँग जोड्न जिल्लामा विभिन्न स्थानमा पार्टीले कार्याक्रम समेत गरेको छ ।
सोही अवसरमा दमकमा वृक्षारोपण समेत सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशकी वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बन्दना झागडले कार्यक्रमलाई दमकमा मात्र नभई व्यापक बनाउन आग्रह गरिन् । उनले त्यस कार्यका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जलवायु परिवर्तनलाई रोक्नका लागि समेत वृक्षारोपण आवश्यक भएको बताए । 

सम्बन्धित समाचार