२०८३ बैशाख ५ गते , शनिबार

गृहमन्त्री लामिछाने विरुद्धको सहकारी ठगी मुद्धामा आज सुनुवाई हुँदै

sajilo news
परिवेश मिडिया
२०८१ असार ७ गते , शुक्रबार
गृहमन्त्री लामिछाने विरुद्धको सहकारी ठगी मुद्धामा आज सुनुवाई हुँदै

झापा उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिँदै सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने

यो विवाद सर्वोच्च पुग्नुको कारण महान्यायाधीवक्ता कार्यालयले लेखेको पत्र थियो महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र जाहेरी नभएको भनी पत्र लेखेपछि उक्त बदर हुनुपर्ने माग उठेको थियो सोही माग बोकेर रिट निवेदन उनी सर्वोच्च पुगेका  थिए सुरुमा उक्त रिट दरपिठ भएको थियो पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो

दर्ता भएपछि सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरी देखि रुपन्देही जिल्ला अदालतमा रहेको अभियोग पत्रसम्म मगाउने आदेश गरेको त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अध्ययन प्रतिवेदन पनि पेस भएको यी प्रमाणहरूको आधारमा दुवै पक्षको बहस सुनेर सर्वोच्चले निर्णय दिने

सर्वोच्चले रिट खारेज गरेमा गृहमन्त्री लामिछानेले तत्कालका लागि सफाइ पाउने छन् भने अन्तरिम आदेश जारी गरेमा उनको मन्त्री पद धरापमा पर्ने

सम्बन्धित समाचार