२०८३ आश्विन १७ गते , शनिबार

भ्रष्टाचारको फाइल खोलेपछि एक रातपनि टिक्न दिएनन्ः गृहमन्त्री लामिछाने

sajilo news
परिवेश मिडिया
२०८१ असार १९ गते , बुधबार
भ्रष्टाचारको फाइल खोलेपछि एक रातपनि टिक्न दिएनन्ः गृहमन्त्री लामिछाने

झापा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि कांग्रेस र नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको दाबी गरे ।

उनले भने, ’तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो । मैले के भन्नु र !,’

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले बेचैनी पैदा भएको बताए।

‘बेचैनीको अरू के अर्थ होला र ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो । ठिक छ अहिले मलाई केही पनि भन्न छैन । संवैधानिक प्रक्रियाहरू सुरू होला। यस पछाडि अरू कुराहरू गर्ने छँदैछ,’ उनले भने ।

सम्बन्धित समाचार