२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडको एसईई नतिजा : ६०.८७ प्रतिशत पास, एउटा विद्यालय निल

sajilo news
परिवेश मिडिया
२०८१ असार २० गते , विहीबार
बिर्तामोडको एसईई नतिजा : ६०.८७ प्रतिशत पास, एउटा विद्यालय निल

बिर्तामोड बिर्तामोड नगरपालिकाका विद्यालयबाट ६०.८७ प्रतिशत विद्यार्थीले एसईई परीक्षा उत्तीर्ण गरेका छन् परीक्षामा सहभागीमध्ये बिर्तामोडका एक हजार ३३६ जना विद्यार्थी उत्तीर्ण भएका हुन्

बिर्तामोड नगरपालिकाका ४५ विद्यालयबाट हजार १९५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए सबैभन्दा बढी ५३४ जनाले ३.२-३.५९ जीपीए ल्याएको बिर्तामोड नगरपालिका शिक्षा शाखाले जनाएको अनारमनी लिबर्टी स्कुलबाट , बाल्मिकी एजुकेशन फाउण्डेशनबाट मनकामना माविका जनाले गरी जम्मा पाँच जनाले मात्र ३.९-४.० जीपीए ल्याएका छन्

सबैभन्दा बढी ग्रीनफिल्ड स्कुलका विद्यार्थी उत्तीर्ण भएका छन् ग्रीनफिल्डबाट ३४ जना सहभागी भएका मध्ये ३३ जना विद्यार्थी उत्तीर्ण भएका छन् सबैभन्दा कम देवि मावि खुल्लाबाट सहभागी ३४ जनामध्ये जनामात्र विद्यार्थी उत्तीर्ण भएको बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए

यता वीर अमरसिंह माविको साधारण धारतर्फबाट सहभागी २१ जना विद्यार्थीमध्ये कसैले पनि उत्तीर्ण नगरेको तर प्राविधिक धारतर्फबाट सहभागी ३४ जनामध्ये २९ जना विद्यार्थी उत्तीर्ण भएको भण्डारीले बताए

सबैभन्दा बढी २०८ जना विद्यार्थी देवि माविबाट एसईई परीक्षामा सहभागी भएका थिए भने सबैभन्दा कम काबेली आवासीय माविबाट सहभागी थिए काबेलीबाट जना विद्यार्थी सहभागी भएकोमा जनाले एसईई पास गरेका छन्

सम्बन्धित समाचार